काठमाडौं । ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा अदालतले सबैभन्दा धेरै धरौटी मागेको मीनबहादुर गुरुङको पक्षमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देखिएका छन् । आइतबार एमालेको सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रममा उनले ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङलाई अनाहकमा पक्राउ गरेर सरकारले दुःख दिएको बताए । जबकी काठमाडौं जिल्ला अदालतले पक्राउ परेकाहरूमध्ये सबैभन्दा बढी दुई करोड ४६ लाख धरौटी माग गरेको छ ।
तर एमाले अध्यक्ष ओलीले भने गुरुङको पक्षमा सार्वजनिक अभिव्यक्ति दिएका हुन् । ‘मीनबहादुर गुरुङलाई किन समातेको, किन कारबाही गरेको ?’ उनले प्रश्न गरे, ‘५/६ जनाले किनिसकेको जमिन, उसले त धनीपुर्जा हेर्यो, धनीपूर्जा भएको मान्छेसँग किन्यो त ।’
व्यवसायी गुरुङ भागेर कहीँ जाने सम्भावना नभएको भन्दै ओलीले सरकारले राष्ट्रिय पुँजीपतिलाई दुःख दिने हिसाबले मात्र पक्राउ गरेको आरोप लगाए । ‘भारी बोकेर हिँड्ने, खाली खुट्टा हिँड्ने त्यो गुरुङ यत्रा भाटभटेनी चलाएर पुँजीपति हुने भन्ने आँखाले देख्न सकेन । यो राष्ट्रिय पुँजीपतिलाई खेद्ने कुरा हो’, उनले भने ।
यती होल्डिङ्सलाई पनि सरकारले दुःख दिएको ओलीले टिप्पणी गरे ।




















प्रतिक्रिया