Logo

मनोरञ्जन

देशको यथार्थलाई चित्रण गर्ने गीत ‘मूल्य त पाइन्छ’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । गायक जीवन ढुंगेलले देशको पछिल्लो यथार्थलाई चित्रण गर्दै ‘मूल्य त पाइन्छ’ बोलको गीत बजारमा ल्याएका छन् । लेखक तथा साहित्यकार नारायण थापा कल्पितले देशमा देखिएको चरम बेरोजगारीको समस्याले युवाहरु घरदेश छाडेर परदेश जानुपरेको विवसतालाई समेटेर गीतलाई तयार गरेका छन् ।

गीतमा संगीत तथा स्वर गायक ढुंगेलले भरेका छन् । गीतको एरेन्ज सुविन सेञ्चुरीले गरेका छन् । गीत ‘जीवन ढुंगेल‘ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतमा गायन रियालिटी शो भ्वाइस अफ नेपालबाट चर्चा कमाएका महेन्द्र बि.के, रविन भुसाल, देवी काफ्ले, शिशिर कार्की जीवन ढुंगेल लगायत कलाकारहरुको अभिनय रहेको छ ।

भिडियोमा देशमा बढ्दो बेरोजगारीको समस्याले युवालाई कसरी परदेशिन बाध्य पारेको छ भन्ने कुरालाई देखाइएको छ । गीतले यहाँ श्रमको मूल्यको अवमूल्यन हुने र विदेशमा गएमा उचित मूल्य पाइने सन्देश दिन खोजेको छ ।

भिडियो पनि :

प्रकाशित मिति : २४ भाद्र २०८०, आईतवार १८:०७   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।