Logo

खेलकुद

वर्षाले प्रभावित भारत र पाकिस्तानबीचको बाँकी खेल सोमबार ‘रिजर्भ डे’मा हुने



काठमाडौं । एसिया कप अन्तर्गत भारत र पाकिस्तानबीचको सुपर फोरको खेल वर्षाले प्रभावित भएको छ। जसका कारण खेल सोमबार रिजर्भ डे सम्मका लागि स्थगित गरिएको छ।

श्रीलंकाको कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा २ विकेटको क्षतिमा १४७ रन जोड्दा खेल स्थगित गरिएको हो।

भारतका लागि केएल राहुल १७ रन र विराट कोहली ८ रन बनाएर खेलिरहेका छन्। त्यसअघि ओपनरद्वय रोहित शर्मा ५६ रन र शुभमन गिल ५८ रन बनाएर आउट भए।

उनीहरुबीच पहिलो विकेटका लागि १२१ रनको साझेदारी भएको थियो।

प्रकाशित मिति : २४ भाद्र २०८०, आईतवार २२:०२   :  बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।