Logo

खेलकुद

क्रिकेटर आशिफ शेखलाई बलात्कार आरोप



काठमाडाैं । क्रिकेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ ।

आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको स्रोतले जनाएको छ ।

पीडित पक्षलाई परिसर प्रहरीले कालीमाटीस्थित महिला सेलमा पठाएको थियो । महिला सेलले उनीहरूलाई उजुरीमा रित नपुगेको भन्दै फर्काएको छ ।

कालीमाटीस्थित महिला सेल पुगेका पीडित पक्षले सोमबार रितपूर्वक निवेदन लिएर आउने बताएका छन् । एक युवतिले आशिफ शेखलाई बलात्कार गरेको आरोप लगाएकी हुन् ।

प्रहरीले रितपूर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने जनाएको छ । परिसरका प्रवक्ताले एसपी कुमोद ढुंगेलले आफूले पनि सो विषय हल्का जानकारी पाएको तर निवेदन दर्ता नभएको बताए ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार ०६:५०   :  बजे

1.6K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।