एसिया कप क्रिकेटअन्तर्गत गएराति वर्षाले अवरुद्ध भारत र पाकिस्तानबीचको खेल आज पुन: हुँदैछ ।
आज हिजो रोकिएकै स्थितिबाट खेलले निरन्तरता पाउने भएको हो । श्रीलंकाको कोलम्बोमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा उत्रिएको भारतलाई कप्तान रोहित शर्मा र शुभ्मन गिलले उत्कृष्ट सुरुवात दिलाएका थिए ।
यी दुईले पहिलो विकेटका १६ दशमलब चार ओभरमा १ सय २१ रनको साझेदारी गरेका थिए।
भारतले पहिले ब्याटिङ गर्दै २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाएपछि वर्षा शुरू भएको थियो । तर, मौसम नखुलेपछि खेल रद्ध थरेर आजका लागि सारिएको थियो ।
यसअघि भारत र पाकिस्तानबीचको समूहगत चरणको खेल पनि वर्षाका कारण रद्द भएको थियो ।
हालसम्म भारत र पाकिस्तानबीच एक सय ३३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । त्यसमध्ये ७३ खेलमा पाकिस्तानले भारतलाई हराएको छ ।















प्रतिक्रिया