विराटनगर । समाजवादी मोर्चाले आज (सोमबार) विराटनगरमा सन्देश सभा आयोजना गर्दैछ । सन्देश सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विराटनगर पुग्दैछन् ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सम्बोधन गर्ने तय भएको छ ।
भेलामा सत्तारुढ चार राजनीतिक दलका प्रदेशभरका अगुवा कार्यकर्ताहरू कार्यक्रममा सहभागी हुनेछन् । मोर्चाले सात मध्ये ५ प्रदेशमा सन्देश सभा आयोजना गरिसकेको छ ।















प्रतिक्रिया