काठमाडौं । वर्षाका कारण आइतबार रोकिएको भारत र पाकिस्तानबीचको खेल आज सोमबार हुँदैछ । भारतले २४ दशमलब १ ओभरमा २ विकेट गुमाएर १ सय ४७ रन बनाएको अवस्थामा खेल रोकिएको थियो ।
भारी वर्षाका कारण खेल सुरु हुन सकेको थिएन । आइतबारको खेलका लागि आज रिजर्व डे को व्यवस्था गरिएका कारण सोमबार खेल हुन लागेको हो ।
आइतबार रोकिएको २४ दशमलब १ ओभरमा २ विकेट गुमाएर १ सय ४७ रनबाट नै भारतले आफ्नो ब्याटिङ सुरु गर्ने छ। खेलमा विराट कोहली ८ रन र केएल राहुल १७ रनमा क्रिजमा रहेका छन् ।
कप्तान रोहित शर्माले ५६ र शुभमन गिलले ५८ रन बनाएर आउट भएका थिए ।





















प्रतिक्रिया