Logo

मनोरञ्जन

नारायण थापाको शब्दमा उमेश राउतको ‘कौसीमा हेरेर’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । गायक तथा संगीतकार उमेश राउतको नयाँ गीत ‘कौसीमा हेरेर’ सार्वजनिक भएको छ ।

विभिन्न शैलीमा करिब दर्जनभन्दा बढी गीतमा स्वर र संगीत दिइसकेका राउतको नयाँ गीत उनको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक भएको हो ।

लोक आधुनिक शैलीमा तयार पारिएको यो गीतले समसामयिक नेपाली समाजको चित्रलाई बोल्ने संगीतकार राउतले बताए ।

नारायण थापाको शब्द रहेको यो गीतमा संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् । ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका हुन् भने लिरिकल भिडियो दिपेश गिरीले तयार पारेका हुन् ।

भिडियो हेर्नुहोस्:-

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार ११:५४   :  बजे

195
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।