Logo

प्रमुख समाचार

अमेरिका जाने टोलीको सदस्य संख्या घटाउन प्रधानमन्त्रीको निर्देशन



काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका जाने भ्रमण टोलीको आकार घटाउन निर्देशन दिएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रचण्ड २९ भदौमा अमेरिका जाँदैछन् ।

यसअघि प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री एनपी साउदसहित २४ जनाको टोली अमेरिका जाने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले सो संख्या घटाउन निर्देशन दिएको स्रोतले जनाएको छ ।

सोमबार बिहान प्रधानमन्त्रीले मुख्यसचिव बैकुण्ठ अर्याललाई बोलाएर यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसँग कति जनाको टोली जाने भन्ने निर्णय गर्ने बताए ।

‘प्रधानमन्त्रीले जति सक्दो सानो भ्रमण टोली बनाउन निर्देशन पनि दिइसक्नुभएको छ । सोही अनुसार मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्छ’,आचार्यले भने, ‘प्रधानमन्त्रीको चाहाना जम्बो टोली लिएर जाने छैन ।’

प्रधानमन्त्री प्रचण्डले असोज ४ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि प्रचण्ड असोज ५ गते न्युयोर्कबाट चीन प्रस्थान गर्नेछन् ।

प्रकाशित मिति : भाद्र २५, २०८० सोमबार  २ : ५८ बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।