Logo

अर्थ

सेयर बजारमा ४४.३० अंकको वृद्धि



काठमाडौं । साताको दाेस्राे कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ ।

यस दिन सेयर बजार मापक नेप्से परिसूचक ४४.३० अंकले बढेर १९८६.९९ को बिन्दुमा रोकिएको छ । सेन्सेटिभ परिसूचक पनि ७.७३ अंकले बढेर ३८१.६४ बिन्दुमा उक्लिएको छ ।

कारोबार अवधिभर २७८ कम्पनीको ४७ लाख ४२ हजार ५११ कित्ता सेयर १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७ रुपैयाँमा किनबेच भनेको नेप्सेले जनाएको छ । नेप्से बढे पनि कारोबार रकम भने बढ्न सकेको छैन ।

यस दिन १३ उपसूचकमध्ये अन्य सबै सूचकमा हरियाली छाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार १५:३२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।