Logo

अर्थ

आइएमई पेमा पहिलो पटक एयरलाइन्स टिकेट काट्ने ग्राहकहरुलाई छुट



काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पेले” एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोग मार्फत फ्ल्याटमा रु ५०० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत पहिलो पटक टिकट खरिद गर्दा ‘FLYIME’ प्रोमो कोड प्रयोग गरी रु ५०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

सेवाग्राहीहरुलाई विधुत्तिय भुक्तानी माध्यम मार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उदेश्यका साथ ल्याइएको यो अफर भाद्र २४ देखि सुरु भएको छ र पहिलो १००० योग्य सेवाग्राहीलाई प्रदान गरिने कम्पनीले जनाएको  छ। यो अफर पहिलो पटक एयरलाइन्स टिकट काट्ने सेवाग्राहीहरूलाई सिमित अबधि लागि मात्र भएको बताइएको छ ।

प्रकाशित मिति : भाद्र २५, २०८० सोमबार  ३ : ४७ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।