Logo

अर्थ

नेपालमा आर्थिक क्रान्ति सम्भव छ : अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले नेपालमा आर्थिक क्रान्ति सम्भव भएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ११०औं बीपी जन्मजयन्तीको अवसरमा राष्ट्रिय कार्यशाला गोष्ठी कार्यक्रममा उनले आर्थिक परिवर्तनमा उत्पादनको बहार निजी क्षेत्र हुनुपर्ने बताए ।

‘नेपालको आर्थिक क्रान्ति सम्भव छ । तर हाम्रो आत्माविश्वास बढाउनुपर्छ । आर्थिक परिवर्तनको उत्पादनको बहार निजी क्षेत्र हुनुपर्छ । त्यसमा सरकारले सहयोगी भूमिका, सहजकर्ताको भूमिका र प्रतिश्पर्धा सुनिश्चिता सरकारले गर्छ ।’

शिक्षा स्वास्थ्य र उत्पादनमा सरकारले अझै लगानी गर्नु पर्ने उनको भनाई छ । उत्पादन र वितरणको नेतृत्वमा सरकारले गर्ने बताएका उनले आफ्नै देशमा उत्पादन बढाएर रोजगारीको अवस्था सिर्जना गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार १६:३९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।