Logo

खेलकुद

एसिया कप : वर्षाका कारण स्थगित भारत र पाकिस्तानबीचको खेल शुरु



काठमाडौं । एसिया कप क्रिकेटको भारत र पाकिस्तानबीचको सुपर फोरको खेल शुरु भएको छ ।

कोलम्बोमा पानी परेपछि हिजो २४.१ ओभरभन्दा अगाडि खेल बढ्न सकेन । पाकिस्तानले टस जितेर फिल्डिङ रोजेको थियो । आज रिजर्भ डे रहेकाले बाँकी खेल अहिले भइरहेको हो ।

पहिला ब्याटिङ गरेको आएको भारतले २४.१ ओभरमा २ विकेट गुमाएर १४७ रन बनाएको छ । भारतका ओपनर रोहित शर्मा र शुभमन गिलले पहिलो विकेटका लागि १२१ रनको साभेदारी गर्दै वलियो सुरुआत गरेका थिए ।

पहिलो विकेटको रुपमा रोहित शर्मा आउट भए । रोहितले ५६ रनको अर्धशतकीय पारि खेले । उनी आउट भएपछिको अर्को ओभरमा अर्का ओपनर गिल पनि पभेलियन फर्कि । उनले ५८ रनको अर्धशतकीय पारि खेले ।

क्रिजमा अहिले विराट कोहली र केएल राहुल रहेका छन् । राहुलले समूह चरणमा खेलेका थिएनन् भने सुपर फोरमा खेल्न लागेका छन् । पाकिस्तानका सहेन साह अफ्रिदी र सदाव खानले एक एक विकेट लिएका छन् ।

अहिले क्रिजमा विराट कोहली र केएल राहुल रहेका छन् । सुपर फोर अन्र्तगतका खेलमा भारतले पहिलो खेल पाकिस्तानसँग खेल्न लागेको हो । पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई हराइसकेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार १६:०४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।