काठमाडौं । गृह मन्त्रालयले १० सहसचिवको सरुवा गरेको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित १० सहसचिवको सरुवा गरेका हुन् ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव रुद्रसिंह तामाङलाई अध्यागमन विभागको महानिर्देशक बनाइएको छ । प्राधिकरणमा गृहका सहसचिव जयनारायण आचार्यलाई सरुवा गरिएको छ ।
सहसचिव गणेश अर्याललाई रुपन्देही, रामबन्धु सुवेदीलाई दाङ, शिवराम गेलाललाई महोत्तरी तथा रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन प्रमुखमा गोगनबहादुर हमाललाई पठाइएको छ । हमाल दैलेखमा प्रमुख जिल्ला अधिकारी थिए । प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत सहसचिव भरतमणि पाण्डे, दीपककुमार पहाडी र खगेन्द्रप्रसाद रिजाल मन्त्रालयमा तानिएका छन् ।
प्रतिक्रिया