काठमाडौं । सरकारले संविधान सभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने भएको छ ।
उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको पर्यटन मन्त्री सुदन किरातीले जानकारी दिए ।
छोराहरु विदेशबाट आएपछि नेम्वाङको अन्त्येष्टि गरिने छ । त्यसअघि नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय च्यासलमा राखिने छ । नेम्वाङको गएराति निधन भएको थियो ।
प्रतिक्रिया