Logo

अर्थ

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो



काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

आज सुनको मूल्यमा कुनै फेरबदल नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै आज प्रतितोला छापावाला सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ ।

हिजो सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाला सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ । हिजो पनि तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : भाद्र २६, २०८० मंगलबार  ११ : १० बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।