Logo

प्रमुख समाचार

नेम्वाङ बस्ने कुर्सीमा माला राखेर एमाले सचिवालय बैठक



काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।

पार्टी उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङको निधनपछि एमालेले बैठक बोलाएको हो ।

जारी बैठकमा बैठकमा नेम्वाङको कुर्सीमा माला राखिएको छ । नेम्वाङको गएराति १ः३० बजे नेता नेम्वाङ हृदयघातका निधन भएको थियो ।

टिचिङ अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासलमा लगिएकाे छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार १२:३७   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।