काठमाडौं । नामको कारणले विवादमा परेको चलचित्र ‘एक भागवत् र एक गीता’को सेन्सर पास भएको छ । यो फिल्मको आज बिहान सेन्सर गरिएको थियो । फिल्मलाई सेन्सर बोर्डले ‘युनिभर्सल’ प्रमाणपत्र दिँदै सबैका लागि खुल्ला गरेको छ ।
केही धार्मिक संगठनले फिल्मको नाममा आपत्ती जनाउँदै विरोध गरेपछि आइतबार चलचित्र विकास बोर्डमा नाम परिवर्तन गर्ने सहमती भएको थियो । धार्मिक संगठनको बिरोधका कारण फिल्मलाई सेन्सर सिफारिस दिन विकास बोर्डले आनकानी गरेको थियो ।
२९ भदौ अर्थात आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म झरना थापाले निर्देशन गरेकी हुन् । विपिन कार्की, सुहाना थापा, धीरज मगर लगायतको अभिनय फिल्ममा छ ।















प्रतिक्रिया