Logo

अर्थ

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम १ अर्ब १३ करोड



काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १९.४२ अंकले घटेर १९६७.५७ को विन्दुमा झरेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक २.५ अंकले घटेर ३७९.१४ को विन्दुमा ओर्लेको छ । कारोबार रकम १ अर्ब १३ करोड रुपैयाँको भएको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा रातो पोतिएको छ भने एउटामा मात्रै हरियाली छाएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २७६ कम्पनीका ३९ लाख १६ हजार १६१ कित्ता सेयर १ अर्ब १३ करोड ५० लाख ५७ हजार ५१५.५१ रुपैयाँमा किनबेच भएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार १५:५२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।