Logo

प्रमुख समाचार

नेम्वाङको शोकमा बुधवारको संसद बैठक बिहीबारलाई सर्‍यो



काठमाडौं । भाेलिकाे लागि बाेलाइएकाे प्रतिनिधिसभाको बैठक सरेकाे छ । भदौ २७ गतेका लागि बोलाएको बैठक भदौ २८ गते बस्ने गरी सरेको हाे ।

संविधान सभा अध्यक्ष, पूर्व सभामुख तथा वर्तमान प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधनका कारण बुधबारका लागि तय भएको बैठक बिहीबार बस्नेगरी सारिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले बैठक बस्ने दिन र समय परिवर्तन भएको जनाएका छन् । गौतमका अनुसार भदौ २८ गते बिहीबार दिउँसो ३ बजे बैठक बस्नेछ । उक्त बैठकले नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्नेछ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार १६:५८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।