Logo

प्रमुख समाचार

गौ हत्याको बिरोधमा राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

गौ हत्याको बिरोधसहित राजतन्त्र पुर्नबहाली, हिन्दु राष्ट्रको माग, संघीयता खारेजीलगायतको माग राखेर काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।

राप्रपा प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार भृकुटीमण्डपमा सो प्रदर्शन गरिने छ । साे बिराेध प्रदर्शन १२ बजेवाट सुरू हुनेछ ।

राप्रपाले गौ हत्या बढे पछि बिरोध स्वरूप प्रदर्शन गर्दै आएको छ । सोही क्रममा आज काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार ०९:१३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।