काठमाडौं । केन्द्रीय अनुन्धान ब्युरो (सीआईबी)ले ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन राय दिएको छ । यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् ।
सरकारी वकिलको कार्यालय काठमाडौँलाई बुझाउन लागेको प्रतिवेदनमा ५० जनालाई प्रतिवादी बनाउन राय दिइएको सीआईबीका एक अधिकारीले जानकारी दिए ।
सीआईबीले हङकङबाट ल्याइएको उक्त अवैध सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदै छ ।
सरकारी वकिलमा बुझाउने रायसहितको अनुसन्धान प्रतिवेदन लेखन कार्य सकिएकाले आज बुझाउने तय भएको सीआईबीका प्रमुख किरण बज्राचार्यले जानकारी दिइन् ।
गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।
प्रतिक्रिया