Logo

प्रमुख समाचार

रास्वपाले भन्यो– ‘पार्टीका नेताले पैसा मागेको ठोस प्रमाण पेस गरे ७२ घण्टाभित्र कारबाही हुन्छ’



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका नेताले कसैसँग पैसा मागेको ठोस प्रमाण फेला परे तत्काल कारबाही गर्ने प्रतिवद्धता जनाएकाे छ । पार्टीबाट निष्कासित निवर्तमान सांसद डा.ढाकाकुमार श्रेष्ठले पार्टीका एक केन्द्रीय सदस्यले ‘तपाईँ मन्त्री बन्ने पक्का’ भन्दै तीन करोड रुपैयाँ माग गरेको भनि दिएको अभिव्यक्तिलाई लिएर रास्वपाले यस्ताे बताएकाे हाे ।

रास्वपाले बुधबार एक विज्ञप्ति जारी गर्दै ठोस प्रमाण पेस भएको खण्डमा ७२ घण्टाभित्र कारबाही गर्ने जनाएकाे छ । तर कुत्सित मनसायबाट पार्टीका नेताहरूको बदनाम गर्न खोजेको आराेप लगाउँदै रास्वपा ढाकाकुमारमाथि नै खनिएकाे छ ।

मन्त्री बनाउन रास्वपाको कोर टिमले तीन करोड मागेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेकाे अडियो सार्वजनिक भएपश्चात पार्टीले ढाकालाई निष्कासन गरेको थियो । अहिले फेरि उक्त विषयलाई लिएर श्रेष्ठले विभिन्न सञ्चार माध्याबाट नेताहरूको नामै लिएर अभिव्यक्ति दिँदै आएका छन् ।

प्रकाशित मिति : भाद्र २७, २०८० बुधबार  २ : २७ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।