Logo

अर्थ

लक्ष्मी भ्यालु फण्ड २ को इकाई नेप्सेमा सूचीकृत



काठमाडौं । लक्ष्मी भ्यालु फण्ड २ को इकाईहरु नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज बुधबार देखि सूचीकृत भएको छ । फण्डको ८ करोड इकाईहरु नेप्सेमा सूचीकृत भएको हो ।

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस फण्डले गत साउन ५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रति इकाई १० रुपैयाँका दरले निष्काशन तथा बिक्री खुला गरेको थियो । नेप्सेमा LVF II नामबाट फण्डको इकाईहरु आउदो भाद्र ३१ गतेदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।

कोष प्रबद्र्धक लक्ष्मी सनराईज बैंक लिमिटेड रहेको यस फण्डको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार १६:१८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।