Logo

प्रमुख समाचार

राहत शिक्षकले स्थायी हुन परीक्षा दिन पाउने, फेल भए बिदाइ गरिने



काठमाडौं । राहत शिक्षकहरूले स्थायी हुन परीक्षा उतिर्ण गर्नुपर्ने प्रस्तावसहितको विधेयक संसदमा दर्ता भएको छ । ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’मा अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटामा कार्यरत शिक्षकले स्थायी हुनका लागि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

उनीहरुका लागि उमेर हद नलाग्ने गरी सरकारले विधेयक ल्याएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको रेकर्डअनुसार नेपालमा ४४ हजार राहत शिक्षक छन् । राहत शिक्षकलाई स्थायी हुने मौका दिनका लागि सरकारले कुल दरबन्दीमा ५० प्रतिशत आरक्षणको व्यवस्था पनि गरेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार १६:२०   :  बजे

885
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।