Logo

खेलकुद

एसिया कप : आज पाकिस्तान र श्रीलंका भिड्दै



काठमाडाैं । एसिया कप क्रिकेट अन्तर्गत आज पाकिस्तान र श्रीलंका खेल्दै छन् ।

पाकिस्तान र श्रीलंकाबिचको खेल नेपाली सयम अनुसार दिउँसो सवा ३ बजे सुरु हुने छ ।

श्रील‌ंका डिफेन्डिङ च्याम्पियन हो । यदि आजको खेलमा श्रीलंका पराजित भएमा एसिया कपको फाइनलमा भारत र पाकिस्तान पहिलो पटक आमने सामने हुने छन् । श्रीलंका र पाकिस्तानको २–२ अंक छ भने खेल जित्ने टोलीको ४ अंक हुनेछ । भारत ४ अंकसहित प्रतियोगिताको फाइनलमा पुगेको छ ।

वर्षाका कारण खेल रद्द भएमा श्रीलंकाले फाइनल खेल्नेछ। श्रीलंकाको रन रेट पाकिस्तानको भन्दा राम्रो छ ।

दुवै टोलीको यो तेस्रो र अन्तिम सुपर–४ खेल हो । साविक विजेता श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई २१ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा भारतसँग ४१ रनले पराजित भएको थियो । अर्कोतर्फ पहिलो सुपर–४ खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको थियो भने दोस्रोमा भारतसँग २२८ रनले पराजित भएको थियो ।

श्रीलंका र पाकिस्तानबीच हालसम्म १५५ ओडीआई खेल भएका छन् । पाकिस्तानले ९२ खेल जितेको छ भने श्रीलंकाले ५८ खेल जितेको छ । ४ खेलको नतिजा आएको छैन भने एक खेल बराबरी भएको छ ।

प्रकाशित मिति : भाद्र २८, २०८० बिहीबार  ९ : ०१ बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।