Logo

अर्थ

आइएमई पेले ल्यायो बुवाको मुख हेर्ने दिनलाई अफर



काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेू ले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै मेमोरिज वीथ फादर शेयर द जोय नामक अफर सार्वजनिक गरेको छ ।

भदौ २६ देखी भदौ २८ गतेसम्म चल्ने सो अफरमा सेवाग्राहीले आइएमई पेको फेसबुक पेजमा रहने “बुवाको मुख हेर्ने दिन” सम्बन्धित पोस्टमा आफु र आफ्नो बुवाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र # babarama पनि राखेर पोस्ट गर्नुपर्नेछ । सो कमेन्टहरू मध्य सबैभन्दा उत्कृट (रोमान्चक तथा भावुक) कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनौट गरिने छ र विजेताहरूलाई Human Fit को रु ५००० बराबरको गिफ्ट ह्याम्पर उपहार स्वरुप प्रदान गरिने छ ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली( २०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

 

प्रकाशित मिति : भाद्र २८, २०८० बिहीबार  ११ : ३५ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।