Logo

अर्थ

सीजी ब्रान्डले सुरु गर्यो ग्राहकलाई खुसी पार्न चाडपर्व अभियान



काठमाडौं । सीजी ब्रान्डले आफ्ना ग्राहकलाई चाडपर्वमा खुसी पार्न ‘सीजीले घर सजाऔँ, खुसीले चाड मनाऔँ” भन्ने चाडपर्व प्रवर्द्धन योजना सुरु गरेको छ ।

नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स तथा होम अप्लाइन्सेज ब्रान्ड सीजीले दसैँ र तिहारका अवसरमा चाडपर्व योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले कुनै पनि सीजी ब्रान्डका उत्पादन खरिद गर्दा क्यासब्याक र आकर्षक पक्का उपहार प्राप्त गर्नेछन् ।

ग्राहकले रु. ५६ हजार ४०० सम्म बचत गर्ने अवसर प्राप्त गर्ने छन् ।

सीमित समयका लागि दिइएको यो योजना यही भदौ २५ गतेदेखि नेपालभर लागू गरिएको छ । यस योजनाका अन्य आकर्षणहरुमा मेगा एक्सचेन्ज अफर, ०% नो कष्ट ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्रामअन्तरगत लोयल्टी सदस्यले ललितपुरस्थित होटल विभान्तामा २५% सम्म छुट पाउनु सक्नेछन् । यो योजनाका आकर्षण र थप जानकारीका लागि क्यू आर कोड स्क्यान गगर्न सकिन्छ ।

यो योजनामा उल्लेखित अफरहरु तोकिएको अवधिभित्र नेपालभरका सबै सीजी ब्रान्डका आधिकारिक डिलरहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ ।

यो योजना सीजी ब्रान्डका सबै इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरु जस्तै– टीभी, रेफ्रिजरेटर, चेस्ट फ्रिजर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, डिसवासर, एयर कन्डिसन, भ्याकुम क्लिनर र स्पिकरहरुमा उपलब्ध छन् । थप जानकारी प्राप्त गर्नका लागि ग्राहकले सीजी ब्रान्डको आधिकारिक वेबसाइट र यसका सामाजिक सञ्जालहरुमा जान सक्नेछन् ।

सीजी इलेक्ट्रोनिक्सअन्तर्गत रहेको सीजी ब्रान्ड देशकै नं. १ इलेक्ट्रोनिक्स ब्रान्ड हो । सीजी ब्रान्डले देशैभर रहेका आफ्नो बलियो बिक्री सञ्जालमार्फत आफ्ना उपभोक्तालाई सेवा सुविधाहरु दिंदै आएको छ । गुणस्तरीय उत्पादन र सेवाहरु प्रदान गर्दै सीजी ब्रान्डले विगत लामो समयदेखि नेपाली जनताको जीवनलाई सहज बनाउँदै आएको छ ।

हाल सीजी ब्रान्डका नेपालभर आफ्नै शोरुममार्फत उत्कृष्ट उत्पादन र सेवा दिँदै आएको छ । यसका साथै भविष्यमा देशको हरेक कुनासम्म पुग्ने लक्ष्य पनि लिएको छ ।

नजिकै कुनै शोरुमहरु उपलब्ध नभए पनि आफ्नै ई–कमर्स प्लेटफर्मले सुसज्जित सीजी ब्रान्डका उत्पादन तथा सेवाहरु, जहाँबाट पनि लिन सकिन्छ । सीजी मेरिडिया, इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरुको प्रिमियम ब्रान्ड हो । जुन सीजी ब्रान्डको पोर्टफोलियोमा सबैभन्दा नयाँ थपिएको सबब्रान्ड हो ।

सीजी मेरिडियाको अतिपरिष्कृत डिजाइन र प्राविधिक उत्कृष्टताले गर्दा विश्वका उत्कृष्ट ब्रान्डहरुसँग दाँज्न मिल्छ । यस प्रिमियम सेगमेन्टको सुरुआतसँगै सीजी ब्रान्ड उत्कृष्ट ब्रान्ड खोज्ने नेपाली ग्राहकलाई थप छनौटको अवसर मिलेको छ ।

प्रकाशित मिति : भाद्र २८, २०८० बिहीबार  ११ : ४३ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।