Logo

अर्थ

सुनको मूल्य स्थिर, चाँदीको घट्याे



काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

आज सुनको मूल्यमा कुनै फेरबदल नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज छापावाला सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ६५० रुपैयाँ कायम भएको छ ।

हिजो सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार १२:४५   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।