Logo

प्रमुख समाचार

एकीकृत समाजवादीले २१ जनालाई गर्‍यो केन्द्रीय सदस्यमा मनोनित



काठमाडौं । नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । गत भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार उनीहरुलाई केन्द्रीय सदस्य मनोनीत गरेको सो पार्टीले जनाएको छ ।

अध्यक्ष माधव नेपालले अन्तर पार्टी निर्देशन जारी गर्दै अनेरास्ववियूका पूर्वअध्यक्ष सुदेश पराजुलीसहित २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको उल्लेख गरेका छन् ।

एकीकृत समाजवादीको विधानले केन्द्रीय समितिमा  ३५१ जना सदस्य रहने व्यवस्था गरेको छ ।

तीमध्ये केही केन्द्रीय सदस्यहरूको निधन भएको र केहीले पार्टी छाडेका कारण रिक्त रहेको २१ जना पदमा सदस्य मनोनित गरिएको हो ।

केन्द्रीय सदस्यमा मनोनीत हुनेहरुमा अजबहादुर मल्ल, ओमचरण अमात्य, गौतम राई, सुदेश पराजुली, गोविन्द चेपाङ, चन्द्रा श्रेष्ठ, चिरञ्जीवी भट्टराई, जयप्रकाश यादव, दिपक केसी रहेका छन् ।

त्यसैगरी धनबहादुर कार्की,धर्म शाही, नन्द बञ्जाडे, बरुनाथ योगी, बैकुण्ठ भुसाल, भक्तिमान सुब्बा, मिना लामा, रामप्रसाद ढुङाना, लंक हमाल, शालिकराम भट्टराई, शिवकुमारी खनाल र शैलेन्द्र उपाध्याय केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार १५:३८   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।