Logo

राजनीति

सुवास नेम्वाङको निधनमा राष्ट्रियसभामा शोक प्रस्ताव पारित



काठमाडौं । राष्ट्रियसभाको बैठकले दिगंवत संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङप्रति शोकप्रस्ताव पारित गरेको छ ।

बिहीबार दिउँसो साढे २ बजे बसेको बैठकमा नेता नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्दै उठेर एक मिनेट मौन धारण गरिएको हो ।

५ मिनेट बसेको बैठकको सुरुमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेता नेम्वाङको संक्षिप्त जीवनयात्रा प्रस्तुत गरेका थिए । त्यसपछि शोक प्रस्ताव पस्तुत गरेका थिए । सांसदहरुले हात उठाएर उक्त प्रस्तावको समर्थन गरेका थिए । नेता नेम्वाङगको गत मंगलबार राती निधन भएको थियो ।

यस्तै राष्ट्रियसभाको बैठक असोज १२ गते दिउँसो १ बजेर १ मिनेटसम्मका लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति : भाद्र २८, २०८० बिहीबार  ४ : २७ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।