Logo

खेलकुद

एसिया कप : वर्षाले प्रभावित पाकिस्तान र श्रीलंकाबीचकाे खेल ढिलागरी सुरु



काठमाडौं । एसिसि कप क्रिकेटमा फाइनलमा स्थान बनाउँन हुन लागेको पाकिस्तान र श्रीलंकाबीचको वर्षाले प्रभावित खेल ढिला गरी सुरु भएको छ । श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बाट सुरु हनु पर्ने खेल वर्षाका कारण साढे ५ मा सुरु भएको हो ।

खेलमा टस जितेर पाकिस्ताले ब्याटिङ गरिरहेको छ । एसिया कपको सुपर फोरमा दुई खेल खेलेका दुवै टोलीले समान १÷१ खेलमा जित दर्ता गरेका छन् । सुपर फोरमा दुवै टोलीले बंगलादेशलाई हराएका थिए । भने, दुवै टोली भारतसँग पराजित भएका थिए ।

यस खेल जितेर दुवै टोली फाइनलमा स्थान बनाउने लक्ष्यमा छन् । भारतले भने एक खेल अगावै फाइनलमा स्थान बनाइसकेको छ । यस खेलमा विजेता बन्ने टोलीले फाइनलमा पुग्ने छ । फाइनल खेल आगामी आइतबार हुने छ ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार १७:४६   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।