काठमाडौं । एसिया कपको शीर्ष चार अन्तर्गतको अन्तिम खेलमा आज भारत र बंगलादेशबीच खेल हुँदै छ ।
श्रीलंकाको आर प्रेमदासा स्टेडियममा यो खेल अपराहन्न ३: १५ बजेदेखि हुने छ ।
प्राविधिक रुपमा यस खेलको नतिजाले कुनै असर भने गर्ने छैन । किनकी भारत यसअघि नै एसिया कपको फाइनलमा पुगिसकेको छ भने बंगलादेश एशिया कपको फाइनलको दौडबाट यसअघि नै बाहिरिइसकेको छ ।
बंगलादेशले यसअघि खेलेको पाकिस्तान र श्रीलंकासँग हार बेहोरेको थियो भने भारतले पाकिस्तान र श्रीलंका दुवैलाई पराजित गरेको थियो ।




















प्रतिक्रिया