Logo

मनोरञ्जन

मिस एण्ड मिसेस युनिभर्सलको ट्यालेन्ट राउन्ड भाद्र ३० मा हुने



काठमाडौं । स्पार्कल इन्टरटेनमेन्ट आयोजनामा ‘मिस एण्ड मिसेस युनिभर्सल २०८०’ को दोस्रो सिजनको अडिशन सके लगतै यहि भाद्र ३० गते ट्यालेन्ट राउन्ड हुने भएको छ ।

मिस एण्ड मिसेस युनिभर्सलमा गरि २०/२० जनाको पार्टिसिफेन्ट रहेको यस सिजन २ को ट्यालेन्ट राउन्ड नक्सालमा अवस्थित होटल हुकुम दरबारमा हुने भएको छ । यस राउन्डमा पाँच जना जज रहनेछ ।

मिस एण्ड मिसेस युनिभर्सलको ब्राण्डएम्बेसडर पुर्व मिस नेपाल उषा खड्की र कोरियोग्राफर रोजिन शाक्य रहने यस सिजन २ को अडिसन गत श्रावण २० गते नयाँ बानेश्वरस्थित रोयल एलिनाजमा सम्पन्न भएको थियो ।

प्रतियोगितामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मनोरञ्जन कार्यक्रमहरू, खेलकुद कार्यक्रम, सामाजिक परियोजनाहरू र अन्य धेरै कार्यक्रमहरू आयोजना गरी देशको विकासमा योगदान पुर्‍याउने उद्देश्यले स्पार्कल इन्टरटेनमेन्टको स्थापना भएको आयोजक टिमले जानकारी दिएका छन ।

विवाहित तथा अविवाहित युवतीहरूको प्रतिभा निखार्ने उदेश्यले तयार गरिएको यस प्रतियोगितामा अन्तिम प्रतिस्पर्धाका लागि छानिएका प्रतियोगी अहिले प्रशिक्षणमा रहेको छ ।

अहिले जमल नाचघरमा कला, संस्कृति तथा संस्कार विषयमा केन्द्रित रहेर प्रतियोगीहरुको लिडरसिप, सेल्फ डिफेन्स लगायतको प्रशिक्षण भइरहेको सिइओ नितु श्रेष्ठले जानकारी दिइन् । जस्मा टाइटल स्पोन्सर newlook (beauty for life), एभिएसन ट्रेनिङ पार्टनरमा air hostess and airport ground crew, हेयर वोइल पार्टनरमा shree kesh jadibuti ( श्री केश जडिबुटी ),एजुकेशन पार्टनरमा Kathmandu world school रहेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार ११:०३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।