काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने छ ।
प्रधानमन्त्री प्रचण्डको आसन्न अमेरिका भ्रमण तथा त्यसपछि हुने चिनियाँ भ्रमणका बारेमा छलफल हुने जनाईएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नियमित प्रशासनिक एजेन्डाको विषयमा छलफल हुनेछन् ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन शनिबार त्यसतर्फ प्रस्थान गर्ने तयारीमा छन् ।
प्रतिक्रिया