काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ ।
आज छापावाला सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा १० रुपैयाँले बढ्दै आज प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया