Logo

प्रमुख समाचार

अमेरिका र चीन भ्रमणबारे प्रधानमन्त्री : भ्रमण टोली सानो र छरितो बनाएको छु



काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले, आफ्नो आसन्न अमेरिका र चीन भ्रमणबारे संसदलाई जानकारी गराएका छन् ।

शुक्रबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अमेरिका भ्रमणका लागि सानो र छरितो टोली बनाइएको बताए । उनले भने ‘भ्रमणका लागि यथासक्य सानो र छरितो प्रतिनिधि मण्डल बनाइएको छ ।’

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका प्रस्थान गर्ने विषय प्रतिनिधिसभालाई जानकारी गराउँदै भ्रमण टोली सानो बनाइएको बताए ।

प्रधानमन्त्री दाहाल असोज ५ गते अमेरिकाबाटै चीन जाँदैछन् । बैठकमा त्यसबारे पनि जानकारी गराए।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार १४:०६   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।