Logo

अर्थ

करेन्ट नुडल्सको ब्रान्ड एम्बेसेडरमा नायिका केकी अधिकारी



काठमाडौं । लोकप्रिय नेपाली चाउचाउ कम्पनी यशोदा फुड्सले आफ्नो ब्रान्ड एम्बेसेडरको घोषणा गरेको छ । यशोदा फुड्सले आफ्नो लोकप्रिय उत्पादन करेन्ट नुडल्स तथा स्न्याक्सको लागी ब्रान्ड एम्बेसेडर चयन गरेको छ ।

कम्पनीले नेपाली चलचित्र नायिका केकी अधिकारीलाई ब्रान्ड एम्बेसेडर चयन गरिएको जानकारी दिएको छ। बिहीबार काठमाडौंको हायत प्यालेसमा भएको एक कार्यक्रममा उनी ब्राण्ड एम्बेस्डर घोषणा भएकी हुन् ।

यशोदा फुड्सले सन् २०१७ मे महिनादेखि आफ्नो व्यवसायको थालनी गरेको थियो । सुरुआती दिनमा लाली र करेन्ट ब्रान्डअन्तर्गत तयारी चाउचाउ उत्पादन गर्ने सोचका साथ रुपन्देहीको तिलोत्तमाबाट कम्पनीले आफ्नो उत्पादनको सुरुआत गरेको थियो ।

हाल कम्पनीले विभिन्न ब्रान्डका चाउचाउ तथा स्न्याक्सहरु उत्पादन गरी नेपाल तथा विश्वका विभिन्न मुलुकमा निर्यात गर्दै आइरहेको छ। सुपर प्रिमियम सेगमेन्टअन्तर्गत कम्पनीले करेन्ट हट एन्ड स्पाइसी, करेन्ट २× स्पाइसी, करेन्ट हट एन्ड लेमन स्पाइसी नुडल्स, करेन्ट चिज एन्ड बटर, करेन्ट मसरुम तथा करेन्ट कप नुडल्सको उत्पादन गरिरहेको छ भने प्रिमियम सेगमेन्टअन्तर्गत करेन्ट, लालीलगायतका चाउचाउहरु उत्पादनमा छन् ।

त्यसैगरी प्रिमियम स्न्याक्स सेगमेन्टअन्तर्गत, करेन्ट चिजवल, करेन्ट हट एन्ड स्पाइसी स्टिक्स, करेन्ट पोटेटो क्र्याकर, करेन्ट पोटेटो स्टिक्स, करेन्ट अचारी स्टिक्स, करेन्ट हट एन्ड लेमन स्टिक्स, करेन्ट ओनियन रिङ, करेन्ट मखनालगायतका प्रिमियम स्न्याक्सको उत्पादन गरी नेपाललगायत विदेशमा समेत निर्यात गरिरहेको छ ।

गुणस्तरीय चाउचाउ र स्न्याक्स उत्पादन गरी नेपाललगायत विदेशका भारत, जापान, भुटान, दुबई, अस्ट्रेलिया, युरोप, युके, अमेरिका, क्यानेडा, मलेसिया, सिंगापुरलगायतका देशहरुमा निर्यात गरिरहेको यस कम्पनीले आफ्ना उत्पादन र ब्रान्डप्रतिको उपभोक्ताको दिन प्रतिदिनको विश्वास र भरोसा नै आफ्नो सम्पत्ति र ख्याति भएको कम्पनीले जनाएको छ ।

हाल यस कम्पनीको उत्पादन करेन्ट हट एन्ड स्पाइसी नुडल्स नेपालमा सर्वाधिक रुचाइएको चाउचाउअन्तर्गत पर्दछ भने नेपालको परिपेक्षमा यो चाउचाउ १ नम्बर स्थानमा पर्दछ। आजको दिनमा यस कम्पनीका चाउचाउ तथा स्न्याक्सप्रति दैनिक रुपमा आम उपभोक्ताको माग र विश्वास बढ्दै गएको छ ।

उपभोक्ताको मागअनुसारका उत्पादनहरु बजारमा पस्कदै छोटो समयमै अत्यधिक बजार हिस्सा ओगट्न सफल कम्पनीका रुपमा पनि यशोदा फुड्स परिचित छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार १४:२७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।