काठमाडौं । सरकारले सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि बढाएको छ ।
शुक्रबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आयोग गठनको प्रक्रिया अघि बढिसकेको सदनमार्फत जानकारी गराएका हुन् ।
उनले आफ्नो आसन्न न्युर्योक र चीन भ्रमणबारे जानकारी दिँदै अवैध सुन तस्करीको सम्बन्धमा सीआइबीले अनुसन्धान टुंगाई प्रतिवेदन बुझाइसकेकाले सहमति अनुसार नै आयोग गठन प्रक्रिया अघि बढेको बताएका हुन् । ‘यस अघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेकोसमेत यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
साउन ३ गते सिनामंगलबाट बरामद भएको साढे ६० किलो सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) अध्ययन गरेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ ।
राजस्व अनुसन्धान विभागले बरामद गरेको उक्त सुनबारे थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिइएको थियो । सीआईबीले अध्ययन सकाएसँगै उच्चस्एतरीय छानबिनको प्रक्रिया अगाडि अगाडि बढेको प्रधानमन्त्री प्रचण्डले संसदलाई जानकारी गराएका हुन् ।















प्रतिक्रिया