Logo

प्रमुख समाचार

संविधान दिवसका अवसरमा सरकारले पदक नबाँड्ने



काठमाडौं । सरकारले हरेक वर्ष संविधान दिवसका बाँड्दै आएको पदक नबाँड्ने भएको छ ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले संविधान दिवसका अवसरमा हरेक वर्ष बाँड्दै आएको पदक, विभूषण र अलंकार नबाँड्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सरकारद्वारा संविधान र गणतन्त्र दिवससहितका उपलक्ष्यमा बाँडिएका पदकहरुबारे बारम्बार प्रश्न उठेपछि मन्त्रिपरिषद्ले यसपटक पदक नबाँड्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार १८:३४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।