काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवर्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच शनिबार भेटवार्ता भएको हो ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएका थिए ।
साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।
प्रतिक्रिया