Logo

प्रमुख समाचार

केपी ओली भन्छन्– ‘अझै २० वर्ष राजनीतिमा सक्रिय रहन्छु’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अझै २० वर्ष राजनीतिमा सक्रिय रहने बताएका छन् । ‘बा सँग बालबालिका’ कार्यक्रममा किशोर किशोरीहरुका प्रश्नको जवाफ दिने क्रममा ओलीले अझै २० वर्ष आफू सक्रिय रहने बताएका हुन् ।

तर ओलीले सक्रिय रहेकै बेला नेतृत्व हस्तान्तरण गर्ने योजना समेत सुनाए । सक्रिय रहँदा रहँदै योग्य व्यक्तिलाई पार्टीको नेतृत्व सुम्पिएर देश चलाउन जिम्मा दिने घोषणा उनको थियो ।

अध्यक्ष ओलीले पहिलो भन्दा अहिले आफू अझ स्वस्थ्य रहेको पनि बताए । ‘मेरो अनुपस्थिति अझै २० वर्ष हुँदैन । म पहिले अलि बिरामी थिएँ अहिले ठिक छु । दोस्रोपटक प्रत्यारोपण गरेको किड्नीले राम्रोसँग काम गरिरहेको छ’, उनले भने, ‘म २० वर्ष सक्रिय रहन्छु भन्नुको मतलब म नेतृत्व ओगटेर बस्छु भन्ने होइन । आफू सक्रिय रहेकै बेला योग्य व्यक्तिलाई कार्यभार सुम्पिएर देश चलाउन सहयोग गर्छु ।’

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार १४:४७   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।