Logo

मनोरञ्जन

साक्षी लम्सालसँग रोमान्टिक अवतारमा देखा परे सुशान्त (भिडियाे)



काठमाडौं । गायक आनन्द कार्की र गायिका मिलन नेवारको स्वर रहेको ‘एकै पल्टमा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायक कार्की स्वयमकै अफिसियल च्यानलबाट रिलिज गरिएको गीतमा प्रकाश पुञ्जका शब्दमा शिखर सन्तोषले संगीत भरेका छन् । जसमा फणिन्द्र राईको एरेन्ज रहेको छ ।

प्रेम रोमान्सले भरिएको सार्वजनिक गीतमा मोडलद्धय सुशान्त ढकाल र साक्षी लम्सालको बेजोड अभिनय देख्न सकिन्छ । एक प्रेमील जोडीको यात्राको क्रममा देखभेट पछि झांगिदै गएको प्रेमलाई निर्देशक सुब्रत आचार्यले कलात्मक शैलीमा निर्देशन गरेका छन् । भिडियोका मोडल सुशान्तले यो गीतबाट आँफुले निकै नै आशा गरेको बताएका छन् ।

र्याम्प हुँदै म्यूजिक भिडियोमा व्यस्त बनेका भक्तपुरका सुशान्तका यसअघि छाडी गयौ, एक चोटी त बोलिदेउ, निधारैमा टिकी , लगायतका भिडियो बजारमा आइसकेका छन् । सार्वजनिक गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने कलरिङ र सम्पादन विष्णु खड्काले गरेका हुन् ।

भिडियाे हेर्नुहाेस्:– 

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार १५:५४   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।