Logo

खेलकुद

एसिया कप : उपाधिका लागि भारत र श्रीलंका भिड्दै



काठमाडौं । एसिया कप क्रिकेटको फाइनल खेल आज हुँदैछ ।

कोलम्बोको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजेबाट सुरु हुने फाइनल खेलमा भारत र श्रीलंका आमने सामने हुने छन् ।

श्रीलंकाले गत संस्करण पाकिस्तानलाई फाइनलमा पराजित गरेको थियो । यस प्रतियोगिताको इतिहासमा यी दुई टोलीबीचको यो आठौँ फाइनल हुनेछ ।

रोहित शर्माको कप्तानीमा सन् २०१८ मा अन्तिम पटक भारतले उपाधि जितेको थियो । एसिया कपको फाइनलमा १३ वर्षपछि भारत र श्रीलंकाको टोली आमनेसामने हुँदैछन् ।

यी दुईबीचको अन्तिम फाइनल खेल सन् २०१० मा भएको थियो । सो फाइनलमा भारतले श्रीलंकालाई ८१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

यस अघि भारत र श्रीलंकाबीच सात पटक फाइनलमा भेट भएको छ । भारतले चार पटक फाइनल जित्न सफल भयो ।

श्रीलंकाले तीन पटक भारतले पराजित गरेको छ । सुपर फोरमा भारतले श्रीलंकासँग कठिन जित निकालेको थियो ।

भारतले सुपर फोरमा पाकिस्तान र श्रीलंकालाई पराजित गरेको थियो ।

प्रकाशित मिति : भाद्र ३१, २०८० आईतबार  १० : ४५ बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।