काठमाडाैं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलामा १० रुपैपाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो ।





















प्रतिक्रिया