Logo

आजको तस्बिर

देशभरका चिकित्सकहरूकाे आन्दोलनले बिरामीको बिचल्ली (तस्बिरहरु)



काठमाडौं । डाक्टर कुटपिटको विरोधमा आइतबार देशभरका सरकारी र निजी अस्पतालको आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प हुँदा बिरामीको बिचल्ली भएको छ ।

हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकद्वय डा विकास थापा र डा प्रशान्त विडारी डियुटीमा रहेको अवस्थामा कुटिएको विरोधमा चिकित्सक संघको आह्वानमा  आइतबार अस्पताल बन्द गरिएको हो ।

बन्दका कारण ओपिडी लगायतमा उपचार गर्न आउनेहरु बिचल्लीमा परेका छन् । काठमाडौँका प्रमुख अस्पताल वीर अस्पताललगायतमा उपचारका लागि परेका उनीहरुले बन्दका कारण आफूहरुले सास्ती भोग्ने परेको बताए ।

स्वास्थ्यकर्मीहरू आन्दोलित भएपछि टाढाटाढाबाट अस्पताल आएका बिरामीहरू समस्यामा परेका छन् ।

तस्बिरहरु :

प्रकाशित मिति : ३१ भाद्र २०८०, आईतवार १४:२७   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।