काठमाडौं । डाक्टर कुटपिटको विरोधमा आइतबार देशभरका सरकारी र निजी अस्पतालको आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प हुँदा बिरामीको बिचल्ली भएको छ ।
हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकद्वय डा विकास थापा र डा प्रशान्त विडारी डियुटीमा रहेको अवस्थामा कुटिएको विरोधमा चिकित्सक संघको आह्वानमा आइतबार अस्पताल बन्द गरिएको हो ।
बन्दका कारण ओपिडी लगायतमा उपचार गर्न आउनेहरु बिचल्लीमा परेका छन् । काठमाडौँका प्रमुख अस्पताल वीर अस्पताललगायतमा उपचारका लागि परेका उनीहरुले बन्दका कारण आफूहरुले सास्ती भोग्ने परेको बताए ।
स्वास्थ्यकर्मीहरू आन्दोलित भएपछि टाढाटाढाबाट अस्पताल आएका बिरामीहरू समस्यामा परेका छन् ।
तस्बिरहरु :


















प्रतिक्रिया