Logo

खेलकुद

एसिया कप फाइनल : भारतविरूद्ध पहिले ब्याटिङ गर्दै श्रीलंका



काठमाडाैं । एसीसी एसिया कप क्रिकेटको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन श्रीलंकाले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

श्रीलंकाको आर प्रेमदासा स्टेडियममा टस जितेर श्रीलंकाले ब्याटिङ रोजेको हो ।

दुवै टीमले एक-एक परिवर्तन गरेका छन् । भारतले घाइते अक्षेर पटेलको स्थानमा वासिङ्टन सुन्दरलाई समावेश गरेको छ । उनी स्पिन बलिङ अलराउन्डर हुन् । श्रीलंकाले पनि चोटग्रस्त महेश थिकसानाको ठाउँमा दुसन हेमन्थलाई खेलाएको छ ।

एसिया कपको सर्वाधिक सफल टोली भारत आठौं पटक च्याम्पियन बन्ने लक्ष्यमा छ ।

रोहित शर्माको कप्तानीमा सन् २०१८ मा अन्तिम पटक भारतले उपाधि जितेको थियो । एसिया कपको फाइनलमा १३ वर्षपछि भारत र श्रीलंकाको टोली आमनेसामने हुँदैछन् ।

यी दुईबीचको अन्तिम फाइनल खेल सन् २०१० मा भएको थियो । सो फाइनलमा भारतले श्रीलंकालाई ८१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

यस अघि भारत र श्रीलंकाबीच सात पटक फाइनलमा भेट भएको छ । भारतले चार पटक फाइनल जित्न सफल भयो । श्रीलंकाले तीन पटक भारतले पराजित गरेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आईतवार १५:२२   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।