Logo

अर्थ

विभिन्न देशका मुद्रासहित एकजना भारतीय नागरिक पक्राउ



मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट विभिन्न देशका मुद्रासहित भारत विहार पूर्वी चम्पारन पलङवा थाना पसौना-९ बस्ने ४० वर्षीय रम्भु दासलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त टोलीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ज ३६४ नम्बरको माईक्रो गाडीलाई जाँच गर्ने क्रममा माईक्रोमा सवार दासको साथबाट युरो ४ हजार, जापानी येन १३ लाख ३० हजार र साउदी रियाल १६ हजार ३ सय १५ फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार १२:४६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।