Logo

प्रमुख समाचार

बयलबासमा गोली लोड गरेकाे नलकटुवा बन्दुक छाडेर भाग्ने व्यक्तिकाे खाेजी गर्दै प्रहरी



सर्लाही । ईश्वरपुर नगरपालिका-६ बयलबासबाट एक राउण्ड गोली लोड भएको नलकटुवा बन्दुक सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।

सोही ठाउँ बस्ने जितन साहको घरमा अज्ञात व्यक्ति घरभित्र प्रवेश गरेको अवस्थामा हो-हल्ला गर्दा अज्ञात व्यक्ति फरार भएको र घर अगाडि बाटोमा हातहतियार रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

प्रहरीले हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार १३:२३   :  बजे

204
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।